दफा ७०
अधिकार सुम्पन सक्ने
: (१) नेपाल सरकारले यो ऐन बमोजिम आफूलाई प्राप्त नियम बनाउने अधिकार बाहेक कुनै वा सबै अधिकार महानिर्देशकले प्रयोग गर्न पाउने गरी सुम्पन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त भएको कुनै अधिकार महानिर्देशकले नेपाल सरकारको स्वीकृति लिई  क्षेत्रीय निर्देशक वा अन्य कुनै अधिकृतलाई सुम्पन सक्नेछ ।